दफा १२
प्रशिक्षण कार्यक्रम र क्षेत्र निर्धारण गर्न सक्ने
(१) प्रतिष्ठानले आवश्यकता अनुसार न्यायिक निकायसँग परामर्श गरी प्रशिक्षण कार्यक्रम र तत्सम्बन्धी क्षेत्र निर्धारण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निर्धारित प्रशिक्षण कार्यक्रम र क्षेत्रको आधारमा प्रतिष्ठानले प्रशिक्षण तथा मूल्याङ्कन पद्धति, सामग्री र विषय निर्धारण गर्नेछ ।